८ भाद्र २०८३, सोमबार
Header

संविधान संशोधनको लागि दलहरुले सुरु गरे बहष


प्रकाशित: मंगलवार, ९ पुस २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । संविधान संशोधनको लागि प्रमुख राजनीतिक दलहरुले तयारी सुरु गरेका छन । 


सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको लागि संयन्त्र बनाएर काम अघि बढाउने कांग्रेस महामन्त्री गगन थापाले बताइसकेको छन ।  


गत १७ असार गते कांग्रेस र एमालेविच भएको नयाँ सत्ता गठबन्धन बनाउँदा संविधान संशोधनलाई मुख्य आधार बनाएर बुँदे सहमति भएको थियो ।


सहमतिपछि पाँच महिनासम्म उक्त सहमतिले ठोस आकार लिन नसकेपनि मुख्य राजनीतिक दलहरू आन्तरिक रूपमा संशोधनका विषय के कस्ता हुन सक्छन् भनेर बहसमा केन्द्रित भएका हुन ।


विपक्षी दलहरूले भने संविधान संशोधनका लागि छलफल अगाडि बढाएका छन । नेकपा एकीकृत समाजवादीले संविधान संशोधन सुझाव कार्यदल गठन गरिसकेको छ । 


कार्यदलमा पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य छन ।


त्यसैगरी अर्का प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संविधान संशोधनमा पार्टीका एजेन्डा बारे छलफल गरिसकेका छन । माओवादीका महासचिव देव गुरुङका अनुसार २१ पुसमा बस्ने केन्द्रीय समिति बैठकले औपचारिक रूपमै संविधान संशोधनका एजेन्डालाई पार्टीले सार्वजनिक गर्नेछ ।


१० वर्षमा संवैधानिक आयोगको काम मूल्यांकनको समयसीमा तोकेको छ । यसैलाई प्रमुख आधार बनाएर दलहरूले संविधान संशोधनको गृहकार्य अगाडि बढाएका हुन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex