काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेमाथि रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपियाँको सुद्धिकरणको आरोप लगाएको छ ।
आइतवार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले रवि माथि उक्त रकम गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो ।
कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएको बताएकी छिन ।
साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको गरिएको न्यायाधीवक्ता शर्माले जानकारी दिइन ।
निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।
प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो ।
आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको उनले बताइन् ।
सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।
त्यसैगरी, कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धान सकिएसँगै आइतबार सरकारी वकिलको कार्यालयले रविसहित गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ ।
जिवी र छविमाथि कति ?
त्यस्तै, जीबीमाथि एक अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको छ भने अर्का प्रतिवादी छविलाल जोशीमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको यायाधीवक्ता शान्तिदेवी शर्माले उल्लेख गरिन ।
त्यस्तै, रामबहादुर खनालमाथि १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो दाबी गरिएको छ भने लिला पछाईमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ ८ सय ४३ रुपैयाँ गैरकानुनी आर्जन
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।
उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।
Categorized in सहकारी