काठमाडौं । नेपाल प्रिमियर लिग –एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ ।
शनिवार टियु कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोएल्सविरुद्ध ५ विकेटले जित हात पार्दै जनकपुरले उपाधि हात पारेको हो ।
हाई स्कवरिङ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरयो ।
यो जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।
फाइनलमा पराजित भएर उपविजेता बनेपछि सुदूरपश्चिमले ५१ लाख रूपैयाँमा चित्त बुझाएको छ ।
दोस्रो क्वालिफायरमा पराजित भएको कर्णाली याक्सले तेस्रो हुँदै २५ लाख पाएको छ ।
यस्तै, इलिमिनेटरको खेलमा पराजित भएको चितवन राइनोजले १५ लाख पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
एनपिएल हेर्न शेरबहादुर, प्रचण्ड लागयत नेता पुगे मैदान
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पनि त्रिवि मैदान पुगेका छन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक पनि खेल हेर्न त्रिवि मैदान पुगेका थिए ।
सुदूरपश्चिमका मुख्य मन्त्री कमल शाह लगायतका नेताहरु पनि कीर्तिपुर पुगेका थिए ।
फाइनल हेर्नका लागि नेतादेखि मन्त्रीसम्मका उच्च पदस्थहरू त्रिवि मैदानमा उपस्थित भएको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले बताए ।
दशहजार बढि दर्शक उपस्थित, रुटमै चढेर हेरे
टिकट नकाटेका मैदानबाहिरबाट भएपनि हेर्ने प्रयास गरिरहेका छन्। रूख र भवनका निर्माणधीन पिल्लहरूमा बसेर समेत मानिसहरू असुरक्षित रूपमा क्रिकेट हेरेका थिए ।
फाइनल ेखेलको टिकट खुल्नेबित्तिकै सोल्ड आउट भएको छ। त्रिवि मैदानमा १० हजार भन्दा बढी दर्शक एनपिएल हेर्न आएका छन्।
Categorized in मनोरन्जन