काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्ध जोरपाटीको १४औं साधारणसभा तथा पाँचौ अधिवेशन हुने भएको छ ।
संस्थाको उपाध्यक्ष देवनारायण खड्गीले सहकारीको शनिवार पुस १३ गते शनिवार दिउँसो २ बजे चामुण्डा मन्दिर नजिकै रहको शेर्पा पार्टी प्यालेसमा हुने बताए ।
सहकारीको यस अधिवेशनबाट नयाँ कार्यसमितिको लागि निर्वाचन प्रक्रिया पनि हुने उपाध्यक्ष खड्गीले जानकारी दिए ।
हाल समितिको अध्यक्ष रामकृष्ण खड्गी, सचिव सुरेन्द्र शाही, कोषाध्यक्ष पृथ्वीनारायण शाही, सदस्यहरुमा दिनेश खड्गी, विशेष खड्गी र भूवनमाया खड्गी रहेका छन ।
निर्वाचन प्रक्रियाको लागि कार्यतालिका समेत सार्वजनिक गरेको उपाध्यक्ष खड्गीले बताए ।
यस अवसरमा अध्यक्ष रामकृष्ण खड्गीले सभामा शेयरधनी, बचतकर्ता, शुभचिन्तका लगायत सम्पूर्णलाई सहभागी भव्य कार्यक्रम भव्य र सभ्य रुपमा सफल पार्न पनि अनुरोध गरेका छन ।
निर्वाचन कार्यतालिका

Categorized in सहकारी