काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।
सोमवार विहान ठमेलको चाक्सीबारीस्थित निवासमा सिंहको निधन भएको हो ।
८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहेका उनको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
सिंह वि.स.२०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।
विगतमा उनी लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए ।
Categorized in समाज