१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

मोटरसाईकलको ठक्करबाट भक्तपुरमा एक बृद्धको मृत्यु


प्रकाशित: आइतवार, ३० मंसिर २०८१, ०९ः३० बजे 
- महानगरखवर

काठमाडौं । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट शनिबार राती पैदलयात्रीको मृत्यु भएको छ ।


प्रहरीका अनुसार राती ८ः१५ बजे भक्तपुरको सुर्यविनायक नगरपालिका–१० नालिन्चोक जोरपाटीमा साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलको ठक्कर बाट रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई नालीन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको हो । 


ठक्करबाट गम्भीर घाइते भएका मगरलाई उपचारका लागि मध्यपुर अस्पताल थिमी पुराएको थियो । उपचारका क्रममा राति ९ः४६ बजे उनको मृत्यु भएको हो ।


प्रहरीले मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका –६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex