काठमाडौं । छैठौं वीर गणेशमान सिंह मेमोरियल खुला राष्ट्रिय किक बक्सिङ च्याम्पियनसिप – २०८१ प्रतियोगिता सम्पन्न भएको छ ।
शनिवार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सो प्रतियोगिताको शुुभारम्भ गरिएको थियो ।
प्रमुख अतिथि सिंहले वीर गणेशमानको नाममा स्थापित यस प्रतियोगिता छैठो पटकसम्म गर्न सफल भएकोमा आयोजक टिमलाई बधाई दिएका थिए ।
सो अवसरमा कार्यक्रममा विशिष्ट अतिथी बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले वीर गणेशमानले लोकतन्त्रको लागि गरेको योगदानको चर्चा गर्दै प्रदेश सरकारले खेलकुद विकासको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन लगायतको उपस्थिती रहेको थियो ।

विहिवारबाट सुरु भएको खेल आज सम्पन्न भएको आयोजकले जनाएको छ । यस खेलमा नेपाल पुलिस, शसस्त्र, नेपाल आर्मी, स्थानीय खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन ।
यस अघि खेलको उद्घाटन नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्ण बहादुुर खड्काले गरेका थिए भने कांग्रेसका महामन्त्री गगन थापाको पनि सहभागी रहेको थियो ।






तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in मनोरन्जन