४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चोरीको दुई पिकअप भ्यानसहित १० लाख बराबरको सामान प्रहरी नियन्त्रणमा


प्रकाशित: विहिवार, ७ भाद्र २०७५, ११ः३४ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले महत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको पर्सा पतौलीबाट चोरीको २ पिकअप भ्यानसहित १० लाख बराबर सामान नियन्त्रणमा लिएको छ । 


चोरबाटो प्रयोग गरी भारतबाट नेपाल प्रवेश गर्दै गरेको ना४ च ४३३२ र ना४च ४८९४ नम्बरको पिकअप भ्यानलाई समातिएको जिल्ला प्रहरी कार्यलय महत्तोरीले जनाएको छ ।  महोत्तरीबाट खटिएको गस्ती टोलीले पर्सापतैली–५ बाट नियन्त्रणमा लिएको हो । 


उक्त पिकअप भ्यानमा ५० किलोको दरले ३६ बोरा भन्सार छली ल्याएको प्याजसहित १० लाख १८ हजार मूल्य बराबरको सबै सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex