८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आज पत्रकार महासंघको निर्वाचन, हेरौं उम्मेदवारहरु


प्रकाशित: शुक्रवार, २८ मंसिर २०८१, १०ः०० बजे 
- महानगरखवर

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रिय निर्वाचन हुँदैछ । 


शुक्रबार काठमाडौंको कमलादीमा बिहान ९ बजेदेखि अपराह्न ४  बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन ।


निर्वाचन समितिका अनुसार महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन ।


आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex