१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

छत्रपाटी हस्पिटलसहित १८ स्थानमा वायु गुणस्तर सेन्सर स्थापना


प्रकाशित: मंगलवार, २५ मंसिर २०८१, १५ः०० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महनागरपालिकाले काठमाडौंको वायु गुणस्तर पत्ता लगाउन छत्रपाटी हस्पिटलसहित १८ स्थानमा ‘क्ल्यारिटी नोड-एस’ वायु गुणस्तर सेन्सर स्थापना गरेको छ । 


सोमवार महानगरपालिकाले ‘हेल्दी सिटिज’ को सहकार्यमा १८ स्थानमा ‘रियल टाइम डाटा’ पत्ता लगाउन  वायु गुणस्तर सेन्सर स्थापना गरेको हो ।


वायुमा रहेको पीएम २.५ को वास्तविक समयको डाटा उपलब्ध गराउने छ । पीएम २.५ भनेको वायुमण्डलमा पाइने साना कण हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्छन् ।


यसले श्वासप्रश्वास र हृदय सम्बन्धी रोगरू उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सर जस्ता समस्या निम्त्याउँछ । 


परियोजना प्रमुख सञ्जीव पाण्डेले वायु गुणस्तर उपकरणहरूको प्राविधिक पक्षबारे जानकारी प्रदान गर्दै, जडान कार्यपछि सम्पूणर् तथ्यांकमा महानगरवासीको पहुँच तथा सुुसूचित गराउने अभिप्राय साथ काठमाडौं महानगरपालिकाको वेब पोर्टल र एपमार्फत रियल टाइम डाटा हेर्न सकिने जानकारी दिए ।


परियोजना प्रमुख पाण्डेका अनुसार महानगर कार्यालय काठमाडौं प्लाजा, क्षेत्रपाटी निःशुल्क चिकित्सालय लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उधान, प्रसूतीगृह अस्पताल थापाथली, नयाँबसपार्क, रिङरोड ठूलो भर्‍याङ, बौद्ध विकास क्षेत्र, मध्य बानेश्वर, टेकु, २७ नम्बर वडा कार्यालय, असन, चाबहिल चोक, जडीबुटी, ५ नम्बर वडा कार्यालय, १६ नम्बर वडा कार्यालय, २३ र १७ वडा कार्यालय, १९ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, १८ र ३१ वडा कार्यालयबाट रियल टाइम डाटा आउने छ ।


यसरी जडान भएका यन्त्रमार्फत रियल टाइम डाटालाई महानगरको वेबसाइट र मोबाइल एपमार्फत उपलब्ध हुनेछ । यस तथ्यांकका आधारमा महानगरले वायु प्रदूषण अवस्था थाहा हुन्छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex