८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीको दिनभरः भ्यू टावर उद्घाटन, मानव आश्रम जग शिलान्यास, कालो झण्डा देखाउने पक्राउ


प्रकाशित: आइतवार, २३ मंसिर २०८१, १७ः२० बजे 
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुगेर भ्यूटावर उद्घाटन लगायत विभिन्न कार्यक्रममा सहभागी भएका छन ।


आइतवार प्रधानमन्त्री ओलीले झापाको दमकमा १०० मिटर अग्लो र १८ तले व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन । 


उनले सो अवसरमा यस क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गर्ने बताएका छन् । विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको पनि उल्लेख गरे ।


साथै उनले कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण समेत उनले प्रस्तुत गरेका थिए । 


मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।


मानव सेवा आश्रमको निर्माणाधीन भवनको जग शिलान्यास


प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्य संरक्षक रहेको मानव सेवा आश्रमको निर्माणाधीन भवनको जग शिलान्यास गरे ।


आश्रमको लागि झापाको बाहुनडाँगी पुगेका उनले मञ्चबाटै चन्द्रका लागि आह्वान गरेपछि झन्डै एक करोड बढी चन्दा दिने घोषणा भएको थियो ।


‘रकम घोषणा गरेर मात्रै हुँदैन, आश्रमको बैंक खाता लिएर जानूस् र त्यहीं जम्मा गर्दिनूस्, आसामी उठाउन आउने फुर्सद आश्रमलाई छैन,’ ओलीले भने । उनले मानव सेवा नै सच्चा सेवा भएको भन्दै मानव सेवाको बानी बसाल्न सबैलाई आह्वान पनि गरेका छन् ।


‘आश्रम निर्माणका लागि मैले एक महिनाको तलब प्रदान गर्ने निणर्य गरेको छु,’ ओलीले चन्दा संकलन प्रक्रिया आफैंबाट सुरु गरे, ‘क-कसलाई सेवा गर्न मन छ, हात उठाउनु होला ।’ 


प्रधानमन्त्रीको आह्वानपछि चन्दादाताहरू अग्रसर बनेका थिए । दाताहरूले १० हजारदेखि १० लाखसम्म चन्दा दिने घोषणा गरेका छन् । 


मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन


प्रधानमन्त्री केपी ओलीले झापाको मेचीनगर नगरपालिका-४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् ।


प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो भवनको उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियोे ।


कालो झण्डा देखाउने पक्राउ


प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।


उनी गृह जिल्ला पुग्दा प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कालो झन्डा देखाएको हो।


त्यसक्रममा प्रहरीले केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex