काठमाडौँ । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भएको आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचारको माग गरेको छ ।
संघले युएसएआइडीमार्फत मानवशास्त्र शंकायमा रकममा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेको हो । नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले सो रकममा प्राध्यापकहरुद्धारा अनियमिता गरेको जनाएको छ ।
समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले आफ्नो खल्तीमा हाल्न गरेको आरोप लगाएको छ ।
Categorized in समाज