काठमाडौं । नेपाल प्रहरीले जागिरको लागि आव्हान गरेको छ ।
नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार १ हजार १६५ पदमा भर्ना खुलाएको हो ।
काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट भारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ।
नेपाल प्रहरीका अनुसार जागिरको लागि कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिनेछ ।
त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कणर्ाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।
त्यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको शाखाले जानकारी दिएको छ ।
यसका साथै मंसिर २७ गतदेखि माघ ७ गतेसम्म फारम दर्ता गरिनेछ ।
आवेदन र थप जानकारीलाई क्लिक गर्नुहोसः
Categorized in राष्ट्रिय