काठमाडौं । भुटनी नरेश (राजा) जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौं आईपुगेका छन ।
उनी नीजि घण्टाको लागि नीजि भ्रमणमा काठमाडौं आएका हुन । अहिले उनी स्वयम्भूनाथ पुगेर पूजा गरेर बौद्धनाथतर्फ लागेका छन ।
भुटानका राजा वाङचुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् ।
बौद्धनाथमा पूजा गरिसकेपछि उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ । राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
तस्वीरः रासस
Categorized in राष्ट्रिय