८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मंसिर २३ गतेबाट मतदाता नाम दर्ता सुरु


काठमाडौं । निर्वाचन आयोगले मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने भएको छ । 


आयोगकी प्रवक्ता नीता पोखरेल अर्याललका अनुसार देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निणर्य गरेको हो ।


यसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो ।


आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तीः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex