५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

स्थानीय उपचुनावः कसले कति सिट ल्याए, कति गुमाए ?


प्रकाशित: विहिवार, १९ मंसिर २०८१, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । मंसिर १६ गते सम्पन्न स्थानीय उपनिर्वाचनमा मत परिणाम आइसेको अवस्था छ । 


४४ स्थान मध्ये ३ ठाउँमा निर्विरोध भएकोमा ४१ स्थानमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।


आयोगका अनुसार नेपाली कांग्रेसले १९ स्थानमा जित प्राप्त गरेका छन । ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुख भने कांग्रेसले निर्विरोध जित हासिल गरेको हो । 


नेकपा माओवादी केन्द्रले ११, एमालेले ८, जनता समाजवादी पार्टी नेपालले २, राष्ट्रिय स्वतन्त्र पार्टीले १, एकीकृत समाजवादीले १, नेपाल मजदुर किसान पार्टीले १ र स्वतन्त्र उम्मेदवारले १ पदमा जित हासिल गरेका छन ।


यस अघि यी रिक्त स्थानमा कांग्रेसका २५, एमालेका ७, माओवादीका ८, जसपाका १ र स्वतन्त्र १ पद थियो । 


कांग्रेसले कीर्तिपुर नगरपालिका प्रमुखसहित २ वडा अध्यक्षमा जिते । कीर्तिपुरको ४ वडा यस अघि स्वतन्त्रले जितेको थिए भने वडा १ कांग्रेसकै थियो ।


काठमाडौं– १६ मा कांग्रेसको वडा अध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजीना श्रेष्ठले जितिन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex