२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवा बागबजारद्धारा जेष्ठ नागरिकलाई धार्मिक भ्रमण लगिदै


प्रकाशित: बुधवार, १९ मंसिर २०८१, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क बागबजाले जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण लग्ने भएको छ ।


सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँले आगामी पुस ५, ६ र ७ गते तिन दिने धार्मिक भ्रमण गर्न लागेको बताए । 


उनका अनुसार काठमाडौं- २८ का स्थानीय जेष्ठ नागरिक र इच्छुकहरु सहभागी हुने यस भ्रमणमा गल्छी, छव्दी, बराही, बन्दीपुर, गोर्खा दरवार, मनकामना मन्दिर, इच्छा मनकामना मन्दीर हुँदै मलेखु घुमेर काठमाडौं फर्किने कार्यक्रम रहेको छ । 


भ्रमणमा जानेहरुले सेवा केन्द्र बागबजार पुरानोबस पार्कमा गएर सम्पर्क गर्न सकिने अध्यक्ष मियाँले जानकारी दिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex