काठमाडौं । कंलकीको खसीबाजार मंगलवार राती बाइक (मोटरसाईकल)को ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेश -०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका खड्गीको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
Categorized in समाज