४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

कीर्तिपुर मेयरमा कांग्रेसका कृष्णमान बिजयी


प्रकाशित: सोमवार, १७ मंसिर २०८१, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुरको मेयर (प्रमुख) पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन । 


निर्वाचन आयोगका अनुसार डंगोलले ५ हजार ३३४ मत ल्याई बिजयी भएका हुन  । उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण डंगोलले ४ हजार ५५५ मत पाएर दोस्रो भएका छन ।


नेकपा एमालेका डा. सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाएर तोस्रो भएका छन ।

 
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।


त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।


माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए । 


काठमाडौं- १६ वडा अध्यक्षमा रास्वपाकी रोजिना बिजयी


काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ बिजयी भएकी छिन । 


श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी हुन ्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे। भने तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरेका छन । 


यस अघि २०७९को निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए ।


कीर्तिपुर - १ मा कांग्रेसका इच्छा कुमार बिजयी


कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् ।


नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन्

 
यस अघि ०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हिरा लाल महर्नन ७ सय ७८ मतसहित विजयी भएका थिए ।


कीर्तिपुर- ४ मा कांग्रेसकै म्मेदवार राजेन्द्र बानियाँ बिजयी


कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा  कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् ।


उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे ।

 

विस्तृत विवरणः निर्वाचन आयोग
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika