काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमवारको खेलमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ ।
अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले उक्त जित हासिल गर्न सफल भएको हो । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कणर्ाली याक्सलाई ८ विकेटले पराजित गर्यो ।
जनकपुरले १ सय ४२ रनको लक्ष्य १५.१ ओभरमा पूरा गर्यो । जनकपुरको यो लगातार दोस्रो जित हो । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । कणर्ालीले पहिलो खेलमा हार व्यहोरेको हो ।
Categorized in मनोरन्जन