काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
सोमवार विहान बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट प्रम ओलसहित ७८ सदस्यीय टोली त्यसतर्फ गएका हुन ।
भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता हुनेछ ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् । उनी स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ ।
जनस्तर र सरकार-सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल-चीनबीचको मैत्रीपूणर् सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।
प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
थप सम्बन्धीत समाचारःयस्तो छ भ्रमण तालिका
Categorized in राष्ट्रिय