काठमाडौं । काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ बिजयी भएकी छिन ।
श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी हुन ्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे। भने तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरेका छन ।
यस अघि २०७९को निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए ।
कीर्तिपुर नपा वडा १ मा कांग्रेसका इच्छा कुमार बिजयी
कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले बताइन ।
अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् ।
उनका अनुसार, नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् ।
०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हिरा लाल महर्नन ७ सय ७८ मतसहित विजयी भएका थिए ।
Categorized in स्थानिय