काठमाडौं । काठमाडौं लगायत देशका ४१ स्थानमा स्थानीय उपनिर्वाचन सुरु भएको छ ।
विहान ७ बजेबाट सुरु भएको निर्वाचन बेलुकामा ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष, कीर्तिपुर नगरपालिका मेयर तथा कीर्तिपुर-१ र ४ को वडाध्यक्षका लागि चारै स्थानमा शान्तिपूणर् निर्वाचन भईरहेको छ ।
काठमाडौं महानगर-१६ मा १० मतदानस्थल र २४ मतदान केन्द्र तोकिएको छ भने कीर्तिपुरमा १० वडा, २० स्थल र ३८ केन्द्र छन ।
काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौमा मतदान सकिएलगत्तै मतगणना सुरू हुने व्यवस्था मिलाइएको छ ।
जिल्ला निर्वाचन अधिकारी भट्टराईले कीर्तिपुरको मेयर र वडाध्यक्षको मतगणना कीर्तिपुर नगरपालिका कार्यालयको सभाहलमा हुने र काठमाडौं-१६ को वडाध्यक्षको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने उनले बताए ।
कीर्तिपुर नगरपालिकामा ३० हजार ३ सय २८ मतदाता रहेकामा ७ सय ८४ जना थपिएर ३१ हजार १ सय १२ पुगेका छन्।
कीर्तिपुर नगरपालिकाको मेयरका लागि कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवशरण महर्जन, स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव), नरेश श्रेष्ठ लगायत छन ।
काठमाडौं-१६ मा नेपाली कांग्रेसबाट देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीनाराण मानन्धर लगयातका उम्मेदवार प्रतिस्पर्धामा छन ।
Categorized in स्थानिय