६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

पशुपति गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन अदालतको आदेश


प्रकाशित: शुक्रवार, १४ मंसिर २०८१, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । पशुपति गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउ उच्च अदालत पाटनले अन्तरिम अदालतको आदेश दिएको छ । 


उच्च अदालतका न्यायाधीशद्धय टंकप्रसाद गुरुङ र टिकाराम आचार्यको इजलासले उक्त आदेश दिएको हो ।


सो आदेश अनुसार पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच २२ असोज २०८१ मा भएको सहमति तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।


यस अघि जिल्ला अदालतबाट पशुपति क्षेत्र विकास कोषको पक्षमा फैसला आएको थियो । काठमाडौं जिल्ला अदालतले पशुपति गौशालामा मोही लाग्ने भन्ने मारवाडी सेवा समितिको दाबी खारेज गर्दै त्यसमा पशुपति क्षेत्र विकास कोषकै निर्णय मान्य हुने फैसला गरेको थियो ।


सो फैसला विरुद्ध मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो ।


महानगरपालिका र कोषविच धर्मशालाबाट मारवाडी सेवा समिति हटाएर व्यवस्थित गर्ने समझदारी भएको थियो ।


माथिल्लो अदालतमा पुनरावेदन गर्ने अवधि बाँकी रहेको, जिल्लाको फैसला विरुद्ध पुनरावेदन तहमा छलफल हुनसक्ने भन्दै उच्च अदालतले त्यस्तो अवस्थामा फैसला कार्यान्वयनको हतारो गर्न नहुने उल्लेख गरेको छ ।


सम्बन्धीत समाचारः पशुपति गौशाला धर्मशालामा मारवाडी सेवाको दावी नपुग्ने फैसला
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika