काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खानको प्रोडक्सनमा टि–सिरिजका मालिक स्व.गुलशन कुमारको जीवनमा आधारित (वायोपिक) चलचित्र ‘मुगल’ बन्ने भएको छ ।
एक समयमा बलिउडमा प्रसिद्धि कमाएका चलचित्र निर्माता समेत रहेका स्व. गुलशन कुमारले म्युजिक कम्पनीका लागी गरेको संघर्षका कथामा बन्न लागेको चलचित्र ‘मुगल’ आमिर खानको महत्वकाक्षी चलचित्र हुने अनुमान गरिएको छ ।
मुगलका लागि अभिनेताको रुपमा रणवीर कुपुरलाई आमिर खानले आग्रह गरेपनि अहिलेसम्म जवाफ भने आएको छैन ।
दिल्लीको एक गाउँबाट मुम्बईमा छिरेका गुलशन कुमारले पहिले सुपर क्यासेट ईण्डिस्ट्रीजबाट उनले निकाल्ने ओडियो क्यासेट सर्वसाधारणमा पुपुलर भएपछि न्योडामा म्युजिक कम्पनी प्रोडक्शन खोलको थियो ।
उनको क्यासेट अन्य कम्पनीको भन्दा सस्तो तर राम्रो क्वालिटीमा विक्री हुन थालेपछि उनी मुम्बई छिरे जाहाँ क्यासेट कम्पनीबाट धैरै पैसा कमाउन थाले । पछि उनले सुपर क्यासेटको नाम परिवर्तन गरी टिसिरिज राख्यो । उनलाई त्यसबेला ‘क्यासेट किंग’ भनेर पनि चिनिथ्यो ।
गुलसन कुमारले आफ्नो प्रोडक्सनबाट लाल दोपट्टा मलमलका, आशिकी, दिल हैकि मान्ता नही लगायत चलचित्रहरु पनि निर्माण गरे ।
तर सन् १२ अगष्ट १९९७ शिव मन्दिरमा पुजा गरेर फर्कर्ने क्रममा उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरि हत्या गरियो ।
Categorized in मनोरन्जन