४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

आइतवारदेखि धरहरा पुनः सञ्चालनमा आउने


प्रकाशित: शुक्रवार, ७ मंसिर २०८१, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । मंसिर ९ गतेदेखि धरहरा पुनः सञ्चालनमा आउने भएको छ । 


धरहरा चढ्ने लिप्ट विग्रेर बन्द रहेको धरहरा पुनः सञ्चालनमा आउने भएको हो । 


मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्चलान गर्न स्वीकृति दिने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार अब धरहरा चढ्न प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तोकिएको छ ।


धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत भएको छ । धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने शहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने  सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ ।

 

त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।
धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ । त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ तोकिएको छ ।


विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई ९ मंसिर, २०८१ देखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  स्वीकृति दिंदै शुल्क पनि स्वीकृत गरेको हो । सरकारको १ सय दिनको अवसरमा धरहरा सञ्चालनमा ल्याएको थियो भने धरहरा चढ्न निःशुल्क गरिएको थियो । 

 

हेरौं धरहरा अवलोकनमा लाग्ने शुल्कः

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika