१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

चार दिनयता सुनको मूल्य लगातार बढ्दै, आज कतिमा कारोवार ?


प्रकाशित: विहिवार, ६ मंसिर २०८१, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । आज विहिवार पनि सुनको मूल्यमा बृद्धि भएको छ ।


बिहीबार प्रतितोला एक हजार मूल्यमा बृद्धि भई छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


संघका अनुसार पछिल्लो चार दिनमा मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो ।


सोमबार प्रतितोला १ हजार रूपैयाँ, मंगलबार प्रतितोला २ हजार एक सय रूपैयाँ, बुधबार प्रतितोला नौ सय रूपैयाँ र बिहीबार आज प्रतितोला एक हजार बढेको छ ।


बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रूपैयाँमा कारोबार भएको थियो ।  


त्यसैगरी, बिहीबार चाँदीको मूल्यम बृद्धि भएको छैन । बुधबार प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी पनि आज पनि सोही मुल्यमा कारोवार भईरहेको संघले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex