१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा खोला किनाराको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन


प्रकाशित: विहिवार, ६ मंसिर २०८१, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकाको नदी तथा खोलामा ४० मिटर मापदण्डको खारेजी माग गर्दै खबरदारी र्‍याली निकालिएको छ ।


विहिवार विहान उपत्यकावासीहरु ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारमा जम्मा भई  माइतीघर मण्डलसम्म पुगेर सभामा परिणत भएको थियो । 


गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको संयुक्त आयोजनामा उक्त र्‍याली निकालिएको हो । 


प्रदर्शनमा सहभागीहरुले ‘जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, फैसला हैन न्याय गर, उठीवास लगाउने सडक तथा खोला मापदण्ड खारेज गर, संविधानको धारा (२५) – सम्पतीको हक अधिकार सुनिश्चत गर, लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन । 


सर्वोच्च आदालते ३ पुस २०८० मा सर्वोच्च काठमाडौं उपत्यकाको नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।


त्यसअघि २०६५ सालमा मन्त्रिपरिषदले बागमती, विष्णुमती लगायत ठूला नदीहरुमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex