१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न म्याद थप


प्रकाशित: बुधवार, ५ मंसिर २०८१, १७ः१० बजे
- महानगरखवर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ । 


बुधवार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा मंगलवार व्यवसायी प्रसाईंलाई उनकै निवास भक्तपुरबाट नेपाल प्रहरीको केन्द्रीय व्युरो अनुसन्धान (सिआईवीले पक्राउ गरेको थियो ।


सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईंलाई अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो ।


प्रसाईंले सोमबार प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको भन्दै केही कागजातहरु देखाएर ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेको उल्लेख गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।


सिआइवी प्रमुख दिपक थापाका अनुसार प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको छ । 


प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex