काठमाडौं । नेकपा एमाले मंसिर ७ गते काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको जनसभा दरवारमार्गमा गर्ने भएको छ ।
जागरण सभा संयोजन समितिका संयोजक राजन भट्टराईले बुधबार सूचना जारी सभास्थल परिवर्तन भएको बताएका छन ।
एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा हुन लागेको जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुराउने उद्देश्य लिएको भट्टराईले उल्लेख गरेका छन ।
सभा हुनु अघि भद्रकालीबाट ¥याली सुरू भई याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ ।
Categorized in राष्ट्रिय