काठमाडौं । प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा दुर्गा प्रसाई पक्राउ परेको छ ।
केन्द्रीय अनुसन्धान व्युरो सीआईबीको प्रहरी टोलीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरेका छन।
प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । यस अघि पनि उनलाई साईवर व्युरोले पक्राउ गरी धरौटीमा छाडेको थियो ।
Categorized in समाज