काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर (प्रमुख) पदका लागि २० जनाले निर्वाचन आयोगमा उम्मेदवारी दिएका छन ।
निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २० जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ।
प्रमुख दल नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एमालेबाट सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रले शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जन, जसपा नेपालले दिपक महर्जन (हनी)ले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै सरसफाइ अभियन्ता राजमान महर्जनले पनि उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, जनता समाजवादी पार्टी नेपालले मेयरमा दीपक महर्जन, मेयर पदमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जन लगायतले उम्मेदवारी दिएका छन ।
नगरपालिकाको वटा नम्बर १ र वडा नम्बर ४ मा पनि उपनिर्वाचन हुँदैछ ।
वडा नम्बर १ मा जम्मा ९ जनाले उम्मेदवारी दिएका छन्। वडा नम्बर ४ मा भने १३ जनाको उम्मेदवारी दर्ता भएको हो।
मंसिर १६ गते मुलुकभरी ४४ स्थानमा स्थानीय तहको उपनिर्र्वाचन हुँदैछ ।
उम्मेदवारी सुचिः

Categorized in स्थानिय