काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ ।
निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ।
यस्तै सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।
Categorized in बजार