५ भाद्र २०८३, शुक्रबार
Header

कीर्तिपुरको मेयर पदका लागि यी हुन कांग्रेसका आकांक्षीहरु


प्रकाशित: विहिवार, २९ कात्तिक २०८१, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुर नगरपालिका प्रमुख (मेयर) पदका लागि नेपाली कांग्रेसका ११ जना आकांक्षीहरु रहेका छन । 


उम्मेदवारका लागि कांग्रेसबाट बागमती प्रदेश कार्यसमितिमा ११ जनाको नाम सिफारिस भएको छ । 


जसमा कांग्रेस नगर सभापति कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको हो । 


डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति हुन भने जमुना नकर्मी पूर्वमेयर राजकुमारकी श्रीमती हुन । 


आगामी मंसिर १६ गते हुन लागिरहेका स्थानीय उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवार मनोनय दर्ता गर्ने आयोगले सुचना जारी गरिरहेको छ । 


नेपाली कांग्रेसबाट २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुख पदमा उम्मेदवार भएका राजकुमार नकर्मीको २०८१ साउनमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । 


नेकपा एमालेले कीर्तिपुरको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ भने नेकपा (माओवादी केन्द्र) ले शिवशरण महर्जनलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनलाई उम्मेदवार उठाउने निर्णय गरिसकेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex