४ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बाढीपीडितको लागि राहत कोषमा कति रकम भए जम्मा ? हेरौ सुचि


प्रकाशित: विहिवार, २९ कात्तिक २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । बाढीपहिरो र डुबानमा परेकाहरुका प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा भएको रकम प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सार्वजनि गरेको छ ।


कातिक २८ गते सम्म १ अर्ब ८९ करोड ४८ लाख ५९ हजार ५७८ रुपियाँ ६४ पैसा जम्मा भएको उल्लेख छ ।


गत असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर जनधनको क्षति भएपछि उद्योगी, व्यवापारी तथा विभिन्न संघ संस्थाले राहत कोषमा रकम जम्मा गरिरहेको छ ।


तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाख रुपैयाँको हस्तान्तरण गरिएको चेक रकम जम्मा गरिएको भने भेटिएन ।


सभापति देउवासहितले असोज २० गते प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय वाणिज्य बैंकको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । 


मितिअनुसार २१ दिन हुँदा समेत कांग्रेसले बुझाएको चेकको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा नभएको देखिएको छ ।

 
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकमको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिनहुँजसो अपडेटसहित सार्वजनिक गर्दै आएको छ ।


प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा भएको रकम विवरणः

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex