काठमाडौं । महोत्तरीको लोहरापट्टी गाउँपालिकास्थित इदगाह मस्जिदमा नवाज वाचनको क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीहरुविच नवाज वाचनको विषयलाई लिएर झडप भएपछि स्थिती तनावग्रस्त बनेपछि स्थितीलाई नियन्त्रणमा लिन २ राउण्ड हवार्य फायर गर्नु परेको जिल्ला प्रहरी कार्यलय महत्तरीले बताएको छ ।
सो झडपमा परि १० जना घाईते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ । नवाज वाचन गर्न क्रममा दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि सुरु भएको विवादले झडपको रुप लिएको थियो ।
Categorized in समाज