काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछालाई कास्की जिल्ला अदालले थप १३ दिन हिरासतमा राख्न म्याद थप गरेकको छ ।
आइतवार न्यायाधीश नवराज दाहालको इजलासले कास्की जिल्ला प्रहरीलाई लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौबाट पक्राउ परेका उनीमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
Categorized in राष्ट्रिय