१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मंसिर २ गते उम्मेदवार मनोयन, एमालेका यी उम्मेदवारहरु प्रतिस्पर्धामा 


प्रकाशित: आइतवार, २५ कात्तिक २०८१, ०९ः४० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवार मनोयन दर्ताको मिति तोकेको छ । 


आगामी मंसिर १६ गते हुन गईरहको स्थानीय उपनिर्वाचनको लागि नेकपा एमालले उम्मेदारको नाम अनुमोदन गरेको छ ।

 
एमालेको शनिबार बसेको सचिवालय बैठकले पार्टीको तल्लो कमिटीले निर्णय गरेर पठाएका उम्मेदवारको नाम अनुमोदन गरेकोे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।


स्थानीय तहको प्रमुखदेखि वडाध्यक्षसम्मका ४२ पदमा हुने उपचुनाव ठाउँको कोही उम्मेदवार बाहेक एमालेले सर्वसम्मत रुपमा टुंग्याएको हो ।  यस अघि उपचुनावका लागि काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर र मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वास उम्मेदवार चयन गरेको छ । 


बैठकले एमालेले आगामी ७ मंसिरमा उपचुनाव लक्षित सभा गर्ने निर्णय गरेको छ ।


उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा काठमाडौंमा जनसभा गर्ने तय भएको बैठकले निर्णय गरेको छ ।


एमालको उम्मेदवारहरुको सुचि हेर्न क्लिक गरौं

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex