५ भाद्र २०८३, शुक्रबार
Header

आजदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने


प्रकाशित: शुक्रवार, २३ कात्तिक २०८१, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि आज (शुक्रवार) देखि दैनिक १० घण्टा बन्द गर्न लागिएको छ ।


विमानस्थल कार्यालयका अनुसार आज २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ । 


यस विमास्थलको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गरिनेछ ।


विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएको विमास्थल कार्यालयले जनाएको छ ।

 
हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex