८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

ट्रम्पलाई बहुमत, ४७ औं राष्ट्रपति बन्दै


प्रकाशित: बुधवार, २१ कात्तिक २०८१, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई स्पष्ट बहुमत प्राप्त भएको छ । 


ट्रम्प जित्ने पक्का भएपछि अहिले विदेशका राष्ट्र अध्यक्ष, प्रधानमन्त्रीहरुले धमाधम बधाई दिन थालेका छन ।


उनलाई छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नेरन्द्र मोदी लागयतले बधाई दिएका छन । 


डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । ट्रम्पको जित घोषणापछि उनी अमेरिककाको ४७ औं राष्ट्रपति बन्ने छन । 


सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन ।


ट्रम्पलाई बहुमत (२७० इलेक्टोरल भोट) हासिल गर्न मात्रै ५ इलेक्टोरल भोट आवश्यक छ । तर स्वीङ स्टेटमध्ये विस्कन्सन, मिचिगन, एरिजोना र नाभाडामा ट्रम्प अगाडि छन । विस्कन्सनमा १० इलेक्टोरल भोट छ र ९१ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा ट्रम्प निकै अगाडि छन ।


यस अघि ट्रम्प सन २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन २०२० को निर्वाचनमा उनी डेमोक्रेटिक उम्मेदवार वर्तमान राष्ट्रपति जो बाइडनसँग पराजित भएका थिए ।


जित पक्का भएपछि ट्रम्पले फ्लोरिडास्थित चुनावी अभियानको मुख्यालयमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो कार्यकाल स्वर्णयुग सरह हुने दाबी गरेका छन । अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।


मतदातालाई सम्बोधन गर्दै ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने विश्वास व्यक्त गरेका छन ।


‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ’ उनले भने, ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ ।’


श्रीमती मेलानियाका साथै परिवारका सदस्यहरुलाई धन्यवाद दिएका उनले जेडी भान्सलाई उपराष्ट्रपतिका रुपमा प्रस्तुत गरे । 


सम्बोधनको क्रममा ट्रम्पले एलन मस्कको पनि निकै तारिफ गरे । उनी रिपब्लिकन पार्टीको ‘न्यू स्टार’भएको बताउँदै ट्रम्पले भने, ‘मस्क वास्तवमै गज्जबका मान्छे हुन ।’
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika