८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा विभिन्न ८ स्थानमा छठघाट 


प्रकाशित: बुधवार, २१ कात्तिक २०८१, १३ः०० बजे
- महानगरखवर

 काठमाडौं । छठपर्व मनाउनको लागि काठमाडौं महानगरभित्र विभन्नि ८ स्थानमा छठघाट निर्माण गरिएको छ ।


महानगरका अनुसार काठमाडौंको वडा ८ स्थितगौरी घाट, कोटेश्वर दोभान, वडा ३२, .कमल पोखरी, वडा १, वंशीघाट, वडा ११, बालाजु बाइसधारा, वडा १६मा छठघाट निर्माण गरिएको छ ।


त्यसैगरी, धौखेल खोला, वडा १३, कुमारी क्लब, वडा १४,   भुवनेश्वरी मन्दिर, वडा १४ पनि छठ मनाउनको लागि घाट निर्माण गरिएको हो । 


यस अवसरमा विहिवार सरकारले सार्वजनिक विदा समेत दिएको छ । बिहीबार व्रतालुले अस्ताउँदो सूर्यलाई र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्छन । 


काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको बताएको छ । 


‘छठ पर्व सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि जोडिएको छ छठसँग ।’ उनले भने । 


तराईको केहि क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको उनले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex