काठमाडौं । नेपाल संवत ११४५ न्हुँद (नयाँ बर्ष) काठमाडौंमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा र्यालीसहित मनाइएको छ ।
शनिवार बसन्तपुरमा उपत्यकावासीहरुको भव्य उपस्थितीमा न्हुँद मनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विशेष समारोहको आयोजना गरिएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाल संवतका प्रर्वतक शंकधर साख्वा लगायत संवतलाई निरन्तर अघि बढाउने अग्रजहरुलाई धन्यवाद दिएका थिए ।

उनले नेपाल भाषाको पाठ्यक्रमलाई शैक्षिक पाठय्क्रममा राख्ने पहल गर्ने समेत बताएका थिए ।
कार्यक्रममा समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल संवत्को महत्वको चर्चा गर्दै सरकारले राष्ट्रिय विभूति संखधरको नाममा राष्ट्रिय पुरस्कारको सरकारले घोषणा गर्नु पर्ने माग राखे ।
सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संवत्लाई सरकारले राष्ट्रिय मान्यता प्रदान गरिसकेको सन्दर्भमा यसलाई व्यवहारिक रुपमा लागुु गर्नु पनेमा जोड दिएका थिए ।










तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय