काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)मा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ ।
एमाले आगामी मंसिर १६ गते हुन गईरहको स्थानीय तहको उपनिर्वाचनका लागि मानन्धरको नाम घोषणा गरेको गरेको हो ।
यस अघि नेकपा एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।
कीर्तिपुर नगरपालिका मेयर निर्वाचित राजकुमार नकर्मीको गत साउन महिनामा निधन भएकाले सो स्थान उपनिर्वाचन हुन लागेको हो । उनी नेपाली कांग्रेसबाट २०७९ को स्थानीय निर्वाचनमा विजेता भएका थिए ।
यस अघि राप्रपाले इन्जिनियर ध्रुब महर्जनलाई उक्त पदमा उम्मेदवारी घोषणा गरिसकेको छ ।
Categorized in स्थानिय