काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई तथ्यहीन समाचार (फेक न्युज) बाट जोगाउनुपर्ने बताएका छन ।
बुधबार एक कार्यक्रममा उपप्रधानमन्त्री सिंहले फेक न्युजुलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।
उपप्रधान सिंहले अहिले व्यवस्था बदलियो, अवस्था उस्तै छ भनेर गलत प्रचार तथा प्रसार गर्ने कार्य भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सो कुरा बताएका हुन ।
‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छ ? बैंकहरू पहिले कति थिए, अहिले कति छन ? पहिला इञ्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसके ?,’ सिंहले भने,कोही आएर केही भनिदिए हुने ? कमनसेन्स प्रयोग गर्न नपर्ने ?’
Categorized in राष्ट्रिय