४ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

राष्ट्र बैंकले सुरु गरयो चाँदीको सिक्का विक्री 


प्रकाशित: सोमवार, १२ कात्तिक २०८१, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । तिहारको लागि नेपाल राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।


बुधवार सम्म मात्र किन्न पाउने सिक्का काठमाडौं बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागबाट बिहान ११ बजेदेखि ४ बजेसम्म किन्न सकिने बैंकले जनाएको छ । 


एउटा व्यक्तिले बढीमा पाँच थान (गाई अंकित २५ ग्राम र १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) चाँदीका सिक्का खरिद गर्न पाउने सिक्का बिक्रीका लागि राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।


राष्ट्र बैंकले जारी गरेको सुचना अनुसार कात्तिक १३ गते मंगलवार एक जनाले एउटाभन्दा बढी सुनको सिक्का(असर्फी) भने खरिद गर्न पाउने छैनन । असर्फी बनाउन चाहिने गुणस्तरको सुन अभाव भएकाले पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको हो । 


‘सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले जो पहिले आउँछ, उसैले पाउने गरी कात्तिक १३ गते मंगलबार एक दिनमात्र मौज्दात कायम रहेमा मध्यान्न चार बजेसम्म बिक्री गरिनेछ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।


असर्फी, चाादीका स्मारिका र मेडालियन सिक्का खरिदका लागि अनिवार्य रूपमा सक्कल नागरिता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि आवश्यक हुनेछ । 


असर्फी र मेडालियन खरिदको भुक्तानी नगद तथा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex