४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री लक्षित कार्टुन शेयर गर्दा सचिव पक्राउ


प्रकाशित: मंगलबार, ५ भाद्र २०७५, २१ः३७ बजे
- महानगरखबर

काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रधानमन्त्री लक्षित कार्टुन फेसबुकबाट शेयर गरेको आरोपमा एक वडा सचिव पक्राउ परेका छन् ।

 
काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महाशाखाले पक्राउ गरेको हो । 


महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले प्रधानमन्त्रीलाई नै लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेको जनाएको छ । नायब सुब्बा सिग्देललाई भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो । 


सिग्देललाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।


यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex