८ भाद्र २०८३, सोमबार
Header

खबरदारी सभा कसैलाई बचाउन र सरकार फेर्न होइनः प्रचण्ड


प्रकाशित: शनिवार, १० कात्तिक २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले खबरदारी सभा कसैलाई बचाउनका लागि नभएको बताएको छ । 


शनिवार काठमाडौंमा आयोजित सरकारविरद्ध बृहत खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो प्रष्ट पारेका हुन । 


सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति  रवि लामिछानेलाई मुद्दाबाट बचाउनका लागि खबरदारी सभा गर्न लागेको भनेर माओवादीको बदनामी गर्न खोजिएको बताए । 


अध्यक्ष दाहालले माओवादी हिजो सरकारमा रहँदा र आज बाहिर हुँदा पनि सहरकारी पीडितहरूले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको र छानबिनका लागि संसदीय समिति बनाउने कुरालाई नराम्रो रूपमा नलिन लामिछानेसँग आफूले आग्रह गरेको पनि उल्लेख गरे । 


‘तपाईं दोषी हो भने कारबाही भोग्न राजी हुनुपर्छ । होइन भने तपाईंले उन्मुक्ति पाउनुहुन्छ डराउनुपर्ने कारण के छ भनेको हुँ मैले। त्यही अनुसार  समिति बनोस् भनेको हो। बरू बन्न हुँदैन भन्ने केपी ओली हो। हर हालतमा रविलाई बचाउनै पर्छ भन्ने केपी ओली हो,’ उनले भने। 


छानविन समितिले प्रतिवेदनमा देखाएका नेकपा एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहीँ छानबिन गर्न नपर्ने, कांग्रेसको पनि नाम छ त्यहाँ, त्यो नामलाई केही गर्न नपर्ने अनि सरकारले राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका ठीक नभएको भन्दै अध्यक्ष दाहालले आपत्ति प्रकट गरेका छन । 


सम्बोधनकै क्रममा अध्यक्ष दाहालले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको पनि बताएका छन । 


‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस’, उनले भने । 


कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको अध्यक्ष दाहालले बताउदै भने,‘ ‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती ग¥यौं, तपाईहरुको रोग हामीलाई पनि स¥यो ।’


अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै नआउने अध्यक्ष दाहालको भनाई थियो ।


‘तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ’, उनले भने ।


प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’


अध्यक्ष दाहालले आफ्नो एउटा हैरानी प्रधानमन्त्री केपी शर्मा ओलीले सल्टाइदिएको उल्लेख गरेका छन ।


भाटभटेनी प्रचण्डको हो भन्ने आरोप आफूले वर्षौंदेखि खेपिरहेकोमा प्रधानमन्त्री ओलीले यसपालि क्लियर गरिदिएको बताएका हुन्। 


उनले ललितानिवासको सरकारी जग्गा प्रकरणमा कारबाही चलाइरहँदा पनि भाटभटेनी प्रचण्डको हो भनेर आफूलाई हैरान पारेको बताए । 


’म होइन भन्छु, पत्याउँदैनथे। कसरी क्लियर गर्नेहोला भनेर म हैरान थिएँ । कसरी क्लियर गर्नेहोला। केपी ओलीले क्लियर गरिदिनुभयो,मैले बोल्नैपरेन। म खुशी छु,’ उनले भने । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex