काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता रकम नबुझाएकोमा ४३ उद्योगको विद्युत लाइन काटिदिएको छ ।
प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने उद्योगहरुको बिहीबार राति लाइन काटिएको प्राधिकरणले बताएको छ ।
लाइन काटिने उद्योगहरुमा सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक लगायतको कारखाना रहेको छ ।
प्राधिकरणले यस अघि गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन कात्तिक ८ गतेसम्मको समय दिएको थियो ।
Categorized in प्रबिधि