८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

नेपाल संवत ११४५ न्हुँद भव्य मनाउने तयारी, विभिन्न उपसमितिको बैठक


प्रकाशित: शुक्रवार, ९ कात्तिक २०८१, १०ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाल संवत् ११४५ न्हुँद (नयाँ बर्ष) भव्य रुपमा मनाउन तयारी बैठकहरु सुरु भएको छ । 


नेपाल संवत् ११४५ न्हुँद समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा  सचिवालयको विभिन्न  उप–समितिको बैठक बसी तयारी छलपल भएको समितिले जनाएको छ ।


समितिका अनुसार नयाँ वर्ष मनाउनका लागि २२ वटा  उप–समिति गठन गरिएको छ । यसरी गठन गरिएको उपसमितिको छुट्टाछुट्टै भेला आयोजना गरी तयारी अगाडि बढाइएका हो । 


सो अनुरुप कौलागाः पञ्चमि (कार्तिक ६ गते) शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न भएको, कौलागाः चतुर्थी (कार्तिक ५ गते) प्रधानमन्त्रीलाई निमन्त्रणा दिने काम सम्पन्न भएको छ । 


त्यसैगरी, कौलागाः नवमि (कार्तिक १० गते) महिला भेला,  यस वर्षको  नारा निर्धारण गर्ने काम सम्पन्न भएको, संचार उप–समितिको बैठक सम्पन्न,  मञ्च माईक व्यवस्थापन उप–समितिको बैठक सम्पन्न,  तिथिपत्रको  बैठक सम्पन्न,  विभिन्न जातीय खलःपुचःसँग छलफल  बैठक सम्पन्न भएको भने ट्राफिक सुरक्षा र स्वयंसेवक बैठक सम्पन्न पनि सम्पन्न भएको समितिले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex