१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

सरकारले पाउडर दुध बनाउने


प्रकाशित: विहिवार, ८ कात्तिक २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले पाउडर दूध बनाउने बताएका छन । 


बिहीबार कान्तिपुर मिडिया ग्रपले चितवनमा आयोजना गरेको ‘चितवन चिन्तनः चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ कार्यक्रममा मन्त्री अधिकारीले सो कुरा बताएका हुन । 


नेपालको कृषि क्षेत्रमा लामो समयदेखि विद्यमान ‘मिल्क होलिडे’ को समस्या अन्त्य गर्न सरकारले अब दूधलाई पाउडरमा परिणत गर्ने मन्त्री अधिकारीले भनाइ राखे । 


उनले आफू मन्त्री हुँदै गर्दा सुरुमा मिल्क होलिडेको परिस्थिति सिर्जना गर्न नदिने अठोट लिए पनि हाल त्यो सोचमा परिवर्तन आएको बताए ।


अब मिल्क होलिडे नहोस भन्नका लागि दूधलाई धुलो दूधमा परिणत गराउँदै अगाडि बढ्ने योजनामा सरकार लागेको उनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex